दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

झापा, १२ कात्तिक – झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटनामा परेका मध्ये एकको घटनास्थलमै मृत्यु भएको हो।

बसमा ३५ जना यात्रु सवार रहेको बताइएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकी २० जनाले उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box