सक्रिय जीवनशैलीका साथ विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौँ, १२ कात्तिक – ‘सक्रिय जीवन पद्धति अँगालौँ’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर विश्व पक्षाघात दिवस मनाइँदैछ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लगायतका संस्थाको सहकार्यमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

चिकित्सकका अनुसार पक्षाघात (स्ट्रोक) मस्तिष्कमा रक्तसञ्चार अवरुद्ध हुँदा हुने गम्भीर स्वास्थ्य समस्या हो। अक्सिजन र पोषकतत्वको कमीका कारण मस्तिष्कको नियन्त्रण प्रणाली प्रभावित भई अनुहार बाङ्गिनु, बोली अस्पष्ट हुनु, हात–खुट्टा नचल्नु वा दृष्टि गुम्नु जस्ता लक्षण देखापर्छन्।

उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवनशैली, असन्तुलित आहार र मुटु सम्बन्धी समस्या पक्षाघातका प्रमुख कारण हुन्। चिकित्सकहरूले नियमित व्यायाम, सन्तुलित आहार र तनाव नियन्त्रणमार्फत यसबाट जोगिन सकिने सुझाव दिएका छन्।

Facebook Comments Box