न्यु कोशी यातायात अब पुस्तान्तरणको नयाँ चरणमा प्रवेश गर्दै
धरान, ९ कार्तिक – लामो समयदेखि यात्रु सेवामा समर्पित न्यु कोशी यातायात अब पुस्तान्तरणको नयाँ चरणमा प्रवेश गर्दै थप आधुनिक र सुविधायुक्त सेवासहित बजारमा आएको छ। करिब ४० वर्षदेखि अग्रज व्यक्तित्वहरूद्वारा सफलतापूर्वक सञ्चालन हुँदै आएको यस यातायात सेवाले नयाँ पुस्ताको नेतृत्वमा VIP सोफा सीट र स्लिपर सीट रहेको अत्याधुनिक AC एयर बस सञ्चालनमा ल्याएर यात्रु सेवामा नवीनता थपेको जानकारी गराउँदछ।
नयाँ सवारी साधनहरूमा आराम, सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। अत्याधुनिक प्राविधिक सुविधा, पर्याप्त बस भित्रको स्पेस, सुरक्षित सीट बेल्ट प्रणाली, स्वच्छता, मनोरञ्जन सुविधा तथा लामो दूरीका यात्रालाई लक्षित आरामदायी संरचना यस सेवाको विशेषता रहेको छ।
यस आधुनिक सेवामार्फत यात्रुहरूले अझ सहज, सुरक्षित, नियमित र गुणस्तरीय यात्राको अनुभव पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ। साथै, यात्रुहरूको सुझाव र आवश्यकतालाई समेत निरन्तर प्राथमिकतामा राखी सेवाको स्तरोन्नति गर्दै लैजाने कम्पनीको प्रतिवद्धता रहेको छ।
समुदायमै आधारित सेवा, जिम्मेवार व्यवस्थापन र यात्रीमैत्री दृष्टिकोणले न्यु कोशीलाई लामो समयदेखि यात्रुहरूको विश्वास प्राप्त गर्न सफल बनाएको छ। नयाँ पुस्ताले परम्परागत मूल्य एवं विश्वसनीयतामा आधुनिक प्रविधि र सेवाको संयोजन गर्दै यातायात क्षेत्रमा अझ नयाँ अध्याय सुरु गरेको बताइएको छ।
धरान न्यु कोशी सुपर यातायात प्रा.लि.
धरान, नेपाल


