शनिबार पाथीभरा मन्दिरमा ६ हजारभन्दा बढी भक्तजनको दर्शन

ताप्लेजुङ, ९ कात्तिक – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिनमा छ हजार ३९३ जना भक्तजनले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार बिहान ३ बजेदेखि दिउँसो ३ बजेसम्म भक्तजनले लामो लाइनमा बसेर पूजाअर्चना गरेका थिए। मन्दिरमा वर्षभरि भक्तजनको आगमन हुने गरेको भए पनि दसैँ–तिहारको समयमा सर्वाधिक भीड हुने गर्दछ।

यसैगरी चैतेदसैँको आसपासमा पनि तुलनात्मक रूपमा भक्तजनको संख्या बढी हुने गरेको बताइएको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार, गत असोजभर पाथीभरा मन्दिरमा २९ हजार १७४ जना भक्तजनले दर्शन गरेका थिए। शनिबार बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको भीड देखिन थाल्यो।

Facebook Comments Box