सर्पको टोकाइबाट बालकको मृत्यु
झापा, ८ कात्तिक – झापाको शिवसताक्षीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानीका ५ वर्षीय सक्षम तामाङ रहेका छन्।
घर नजिकैको बाँसको झ्याङ वरिपरि खेलिरहेका बेला सक्षमलाई विषालु गोमन सर्पले बायाँ खुट्टामा टोकेको प्रहरीले जनाएको छ। खुट्टामा चोट लागेपछि बेहोस बनेका बालकलाई उपचारका लागि तत्काल विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो।
बालक खेलिरहेका स्थान नजिकै गोमन सर्प भेटिएपछि सर्पदंशको आशंका गरिएको थियो। शुक्रबार साँझ करिब ५ बजे नेपाली सेनाको सर्पदंश उपचार केन्द्र, चारआलीतर्फ लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको परिवारले जनाएको छ।
Facebook Comments Box

