कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ, ३१ असोज – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ सालको तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिका सभापति प्रा. डा. माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौँमा भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे रहेको जनाइएको छ।

सभापति भट्टराईका अनुसार भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई र कतारलगायत देशहरूमा स्थानीय समयअनुसार बिहान ११ः०० देखि १२ः०० बजेसम्म टीका लगाउने शुभ समय निर्धारण गरिएको छ।सदस्यसचिव पन्थीका अनुसार समितिले उक्त साइतलाई सबैभन्दा उपयुक्त समय मानेर सो समयमा टीका लगाउन सिफारिस गरेको छ। तर, स्थान र परिस्थितिअनुसार अनुकूल समयमा पनि टीका लगाउन सकिने उल्लेख गरिएको छ।

Facebook Comments Box