उपत्यकासहित देशभरका अधिकांश भागमा वर्षा

काठमाडौं, ७ वैशाख –  मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले बुधबार उपत्यकासहित देशका अधिकांश ठाउँमा वर्षा भएको हो।

महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार पोखरामा विकास भएको यो प्रणाली दक्षिणपूर्व हुँदै काठमाडौँ आइपुगेको हो। उहाँका अनुसार त्यही वायुको प्रभावले अहिले उपत्यकामा मेघ गर्जन र चट्याङ्सहित वर्षा भइराखेको छ।

यो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गइरहेको उहाँले बताउनुभयो। यही प्रणालीका कारण अहिले गण्डकी, लुम्बिनी, मधेस र प्रदेश नम्बर १ का विभिन्न ठाउँमा वर्षा भइरहेको छ।

राति पनि यो प्रणाली सक्रिय रहने हुँदा बिहीबार बिहानसम्म पानी पर्ने सम्भावना रहेको उहाँको अनुमान छ। यो प्रणाली अस्थायी भएकाले कति दिन रहन्छ भन्ने अनुमान गर्न नसकिने महर्जनको भनाइ छ।

Facebook Comments Box