अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेटवार्ता
अमेरिका, ३० असोज – विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएको छ।भेटका अवसरमा नेपालमा एडीबीको सहकार्यमा सञ्चालन भइरहेका परियोजनाहरूको प्रगति, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ।
राजदूतावासका अनुसार उक्त भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमणदलका सदस्यहरू र एडीबीका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
Facebook Comments Box

