कोशी प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, २५ असोज — यस वर्षको मनसुन शुक्रबारदेखि नेपालबाट पूर्ण रूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन बाहिरिएसँगै हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आज राति पनि कोशी प्रदेशमा आंशिक बदली रहने र बाँकी देशभर मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ।
Facebook Comments Box

