शान्ति सेनाको अदलीबदली, नयाँ गोरख गणको टोली दक्षिण सुडानतर्फ

काठमाडौँ, २१ असोज – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानस्थित युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) मा तैनाथ नेपाली शान्ति सेनाको अदलीबदली भएको छ।

श्रीनाथ गण शान्ति सेनाको १४औँ डफ्फा फर्किएको र नयाँ गोरख गण शान्ति सेनाको १५औँ डफ्फाका १७५ जना सैनिक सोमबार दक्षिण सुडानतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ। त्यसक्रममा श्रीनाथ गणका १७६ जना सैनिकहरू आफ्नो कार्यकाल पूरा गरी आज स्वदेश फर्किएका छन्।

हाल दक्षिण सुडानमा राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत विभिन्न देशका सेनासँग समन्वय र सहकार्य गर्दै नेपाली सेनाका एक हजार ७५७ जना शान्ति सैनिकहरू शान्ति स्थापनाको जिम्मेवारीमा खटिएका छन्।

Facebook Comments Box