सिंहदरबारभित्रका जलेका सवारी हटाउन भारी उपकरण परिचालन

काठमाडौँ, २१ असोज । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनीमा परेका सवारीसाधन हटाउने काम आजदेखि सुरु गरिएको छ।

सडक विभागका चारवटा भारी उपकरण प्रयोग गरेर जलेका सवारीसाधन हटाउन थालिएको विभागले जनाएको छ। आगजनीका क्रममा करिब एक हजार सवारीसाधन क्षतिग्रस्त भएका थिए।

तीमध्ये हालसम्म २०० वटा चारपाङ्ग्रे र ४०० वटा दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको विभागका अधिकारीहरूले बताएका छन्।जलेका सवारीसाधनलाई व्यवस्थापनका लागि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी) परिसरमा लगिएको छ।

विभागका कर्मचारी विष्णुकुमार महर्जनका अनुसार सिंहदरबारभित्र रहेका सबै जलेका सवारीसाधन हटाइसकेपछि अन्य स्थानका क्षतिग्रस्त सवारी पनि क्रमशः उठाइनेछन्।

Facebook Comments Box