बाढीले मेची करिडोरका तीन पुल बगायो
काठमाडौँ, १९ असोज – निरन्तर वर्षाका कारण मेची करिडोर अन्तर्गतका तीन पुल बाढीले बगाएको छ । केचना–कञ्चनजंघा सडकखण्डमा पर्ने माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीका कारण बगिएका हुन् ।इलाम नगरपालिका–११ स्थित बेलासेमा माईखोला माथि करिब पाँच वर्षअघि मात्र निर्माण गरिएको पक्की पुल बाढीले क्षतिग्रस्त बनाएको इलाम प्रहरीले जनाएको छ ।
पुल बगेसँगै सो क्षेत्रमा सवारीसाधन तथा पैदल यात्रुको आवागमन पूर्णरूपमा ठप्प भएको छ । यसैबीच निरन्तर वर्षाका कारण मेची राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । इलाम र पाँचथर जिल्लाभित्र करिब ३० भन्दा बढी स्थानमा साना–ठूला पहिरो खसेकाले सडक यातायात रोकिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
Facebook Comments Box

