राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कमिटी एमालेमा समाहित

सुर्खेत, ३ असोज – राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कमिटी एमालेमा समाहित भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला कमिटिका अध्यक्ष अम्बरबहादुर नेपालीका अनुसार जिल्ला कमिटीको सर्वसम्मत निर्णयबाट एमालेमा समाहित भएको हो । आज पूर्वप्रभानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेख राजमोलाई एमालेमा स्वागत गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा प्रदेश कमिटी अध्यक्ष भरत शाही, जिल्ला कमिटी दैलेखका अध्यक्ष नेपाली, उपाध्याक्ष कविराज खत्री, सचिव सुरजबहादुर रावत, सहसचिव नविन भट्टराई, सल्लाहकार अध्यक्ष तथा पार्टी सेक्रेटरी पूर्णबहादुर शाही, सल्लाहकार सदस्य ओम रावल, जिल्ला कमिटी सदस्य प्रेम तामाङ, कटक बहादुर शाही, अदिल नेपाल महिला संघ जिल्ला उपाध्याक्ष गीता कुमारी खत्री, कानून व्यवसायी संघका केन्द्रीय सदस्य तथा मसालका वैकल्पिक जिल्ला कमिटी सदस्य हस्त रेग्मी रहेका छन् ।

जनमोर्चाले वर्गसत्रु मानेको नेपाली कांग्रेसलाई सघाएका कारण सिंगो जिल्ला कमिटी नै एमालेमा गाभिएको उनीहरुले बताएका छन् ।

Facebook Comments Box