फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प: कम्तीमा २६ मृत्यु

मंगलबार राति फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ। बीबीसीका अनुसार भूकम्पले धेरै भवन भत्किएका छन्। कम्तीमा २६ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन्।

अधिकारीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास जारी रहेको र मृतकको संख्या बढ्न सक्ने चेतावनी दिएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु बोगो सहरबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा थियो, गहिराइ लगभग १० किलोमिटर रहेको थियो।

सुनामी चेतावनी सुरुमा जारी गरिएको थियो, तर पछि हटाइएको छ। उद्धार टोली प्रभावित क्षेत्रमा तैनाथ छन् र स्थानीय अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

Facebook Comments Box