कैलालीमा स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

कैलाली, १५ असोज – कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार अत्तरियातर्फ गइरहेको सु.प्र. ०१०११ प ४४७३ नम्बरको स्कुटर आरपी फ्लोर मिल नजिकै सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–८ का २४ वर्षीय प्रान्जल बम गम्भीर घाइते भई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही स्कुटरमा सवार २६ वर्षीय सरोज बम घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box