शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौँ, ११ असोज – गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्न सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक तथा विरोधका कार्यक्रमहरू शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्न आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भई आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ।
यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम सञ्चालन गर्दा अहिंसात्मक र उक्साहट नहुनेगरी गर्न भई समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्न सहयोग गर्न सबैमा अनुरोध गर्दछौँ।”
Facebook Comments Box

