टेम्केमैयुङका १० दलित परिवारलाई नयाँ घर

भोजपुर, ८ असोज – टेम्केमैयुङ गाउँपालिका–९ का १० दलित परिवारले सरकारले बनाइदिएका नयाँ घरमा बस्न पाएका छन्। जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमा घर निर्माण सम्पन्न भएको हो। आर्थिक अभावका कारण टहरामा त्रिपाल हालेर बस्दै आएका परिवारलाई सरकारले घर बनाएर दिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए।

प्रत्येक घर रु ३ लाख ३६ हजार लागतमा बनेको हो।स्थानीय देवीचरण दर्नालले पुस्तौँदेखि टहरामै कटाएको जीवन अब सहज भएको बताए। “वर्षात र जाडोमा बालबालिका बिरामी हुन्थे, अहिले त्यो समस्या हटेको छ,” अर्की फुलमाया विश्वकर्माले खुशी व्यक्त गरिन्। वडाध्यक्ष माङ्गपाहाङ्गका अनुसार थप तीन विपन्न परिवारको लागि प्रक्रिया पूरा गरी बजेट मागिएको छ तर हालसम्म स्वीकृति प्राप्त भएको छैन।

Facebook Comments Box