धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट
धरान (सुनसरी), ४ असोज – धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट सार्वजनिक गरेको छ। बुधबार बसेको १७औँ नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरे।
बजेटका प्रमुख स्रोतहरू
-
आन्तरिक राजस्व : रु ८० करोड ५३ लाख ६५ हजार
-
संघीय सरकार अनुदान : रु ८९ करोड २९ लाख
-
प्रदेश सरकार अनुदान : रु ७ करोड ७३ लाख ४४ हजार
-
राजस्व बाँडफाँट : रु ३४ करोड १८ लाख ५० हजार
-
सडक बोर्ड : रु २ करोड
-
गत वर्षको मौज्दात : रु ७ करोड
प्रमुख विनियोजन
-
सहरी योजना तथा भौतिक पूर्वाधार विकास : रु ६६ करोड ९४ लाख
-
शिक्षा, युवा तथा खेलकुद : रु ४६ करोड ८५ लाख
-
स्वास्थ्य : रु ६ करोड ९९ लाख ९५ हजार
-
सामाजिक विकास : रु ४ करोड ८६ लाख ४५ हजार
-
आर्थिक विकास : रु १ करोड २९ लाख
-
वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापन : रु २ करोड ७४ लाख ५० हजार
-
नगर भिजन कार्यक्रम : रु ५ करोड ५ लाख
-
वडा स्तरका कार्यक्रमहरू : रु २१ करोड
बजेटको स्वरूप
-
निःसर्त विनियोजन : रु १ अर्ब ३१ करोड ९२ लाख ८२ हजार
-
ससर्त अनुदान : रु ६० करोड ५६ लाख ७७ हजार
-
समपूरक बजेट : रु १ करोड ८२ लाख
-
विशेष अनुदान : रु ५ करोड ४३ लाख
उपप्रमुख बेघाका अनुसार बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।

