यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं, ३१ भदौः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे तोकिएको छ। विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत पर्छ। समितिले टीका लगाउँदा लगाइमाग्ने व्यक्तिले पूर्वतर्फ फर्किनुपर्ने सुझाव दिएको छ।

२०७९ सालको दशैं असोज ६ गते घटस्थापनासँग सुरु हुन्छ। घटस्थापनाको साइत बिहान ९ः१३ बजे तोकिएको समितिले जनाएको छ। असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत छ भने असोज ११ गते श्रीपचलीभैरव यात्रा हुनेछ।

असोज १३ गते सोमबार फूलपाती तथा श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे हुने समितिले जानकारी दिएको छ।

Facebook Comments Box