प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

काठमाडौँ, ३१ भदौ – प्रधानमन्त्री सुशीला कार्की र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले आफ्नो सरकारको प्रमुख कार्यादेश निर्वाचन भएको भन्दै भारतको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गर्दै नेपाल–भारत मित्रता र सहयोगलाई अझ मजबुत बनाउन भारत तयार रहेको बताउनुभयो। उहाँका अनुसार असोज २ गते प्रधानमन्त्री मोदी र प्रधानमन्त्री कार्कीबीच टेलिफोन वार्ता गर्ने तयारी पनि भइरहेको छ।

Facebook Comments Box