काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी दानबहादुर कार्की

काठमाडौँ, २४ भदौ –  काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ। यसअघि उपत्यकाको जिम्मेवारी निमित्त प्रमुखका रूपमा डीआईजी ओम रानाले सम्हाल्दै आएका थिए।

प्रहरी प्रधान कार्यालयका अनुसार रानालाई हटाएर कार्कीलाई उपत्यका कमाण्डको जिम्मा दिइएको हो। गत सोमबार जेनजी समूहले आयोजना गरेको प्रदर्शनमा सुरक्षा व्यवस्था कमजोर हुँदा १९ जनाको ज्यान गएको घटनापछि यो जिम्मेवारी फेरबदल गरिएको हो।

एआईजी टेक तामाङ अवकाश गएपछि सोमबारसम्म उपत्यका प्रहरी प्रमुखको कामकाज डीआईजी रानाले हेरेका थिए।

Facebook Comments Box