राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा विजयी

काठमाडौँ, ८ मङ्सिर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई तीन हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन्।

अध्यक्ष लिङ्देनले प्रतिनिधि सभामा दोस्रो यात्रा तय गर्दा ४० हजार ६४८ मत ल्याउन सफल भए। उता पराजित सिटौलाले ३७ हजार ३७२ मत ल्याए। यससँगै लिङ्देनले चौथो पटक प्रतिनिधि सभाको यात्रा तय गरेका हुन्। झापामा नेकपा एमाले र राप्रपाबीच तालमेल थियो।

Facebook Comments Box