धरानमा अटोरिक्सा दुर्घटना, एक जनाको मृत्यु
धरान (सुनसरी), १० भदौ
धरान उपमहानगरपालिका–१४ विजयपुर चोकमा आज अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार को १ ह ६०१९ नम्बरको अटोरिक्सा र को ३७ प ७९८६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक धरान–१४ का ३२ वर्षीय सन्दीप मगर गम्भीर घाइते भएका थिए । उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनको मृत्यु भएको हो ।
दुर्घटनामा अटोरिक्सा चालक ३१ वर्षीय अविनाश तामाङ घाइते भएका छन् । उनको समेत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

