कांग्रेसले न्यौपानेलाई राज्यव्यवस्था समितिको सभापति उम्मेदवार बना

काठमाडौँ, १० भदौ

नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको हो । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा तथा विश्वप्रकाश शर्मा सहभागी थिए ।

संसद् सचिवालयका अनुसार नयाँ सभापतिका लागि निर्वाचन भदौ ११ गते हुनेछ । मनोनयन दर्ता आज दिउँसो १ देखि ४ बजेसम्म हुनेछ ।कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि समितिको सभापति पद रिक्त बनेको थियो ।

Facebook Comments Box