कोशी र सुदूरपश्चिममा मध्यम वर्षाको सम्भावना

काठमाडौँ, १० भदौ

मनसुनको न्यूनचापीय रेखा हाल पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

आज राति पनि देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

Facebook Comments Box