काठमाडौँ उपत्यकामा १ सय ४८ जना सहित देशभर थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ८ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ४८ जना सहित देशभर थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०१, भक्तपुरमा १३ र ललितपुरमा ३४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ५१० आरटी पीसीआर तथा २ हजार ११६ एन्टीजेन परिक्षण सहित ११ हजार ६२६ जनाको परिक्षण गर्दा थप २९३ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ७५६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार १६१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २६३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ९ हजार ९०२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ रहेको छ

Facebook Comments Box