नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित

काठमाडौँ, ८ भदौ

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित हुनुभएको छ। आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले ३४२ मत प्राप्त गरी कुलबहादुर गुरुङलाई (२८८ मत) पराजित गर्नुभयो। अन्य पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी र महासचिवमा राजेन्द्र लामा विजयी भएका छन्।

सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा तथा सुमी लामा समान मतसहित निर्वाचित भएका छन्। सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका निर्वाचन समितिले जनाएको छ।

Facebook Comments Box