दुई संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ, १ भदौ

सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यसूचीअनुसार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढी लगायत अन्य सडकको अवस्थाबारे छलफल हुनेछ ।

साथै चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र पूर्वाधारको अवस्थाबारे समेत बैठकमा विचार–विमर्श हुने कार्यसूची तय भएको छ । त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

Facebook Comments Box