पहिरोमा पुरिए बेपत्ता भएका २ जनाको शव तीन महिनापछि फेला

काठमाडौं, ८ वैशाख – धादिङको रुविभ्याली गाउँपालिका–१ तिप्लिङमा सडक निर्माण गर्ने क्रममा खसेको पहिरोमा पुरिए बेपत्ता भएका २ जनाको शव तीन महिनापछि फेला परेको छ।

सडकको ट्रयाक खोल्ने क्रममा गएको पुस २९ गते डोजरसहित पुरिएका डोजर चालक मकवानपुरका पूर्णबहादुर रुम्बा र सोही ठाउँका धन तामाङको शव बुधबार फेला परेको हो। त्यतिबेला पहिरोमा तीन जना पुरिएका थिए। डोजरका सहचालक राजु लामाको शव भने दुई दिनपछि भेटिएको थियो।

उनीहरुको शव सडेको अवस्थामा फेला परेको धादिङका डिएपी जागेश्वर भण्डारीले जानकारी दिए। ‘आफन्तले कपडाको आधारमा शवको पहिचान गरेका छन्,’ डिएसपी भण्डारीले भने। फेला परेका दुबै शव प्रहरीले आफन्तको जिम्मा लगाएको छ।

Facebook Comments Box