सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन, १ भदौ
सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडक खण्डमा पहिरो खस्दा आवागमन बन्द भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार चट्टानसहितको पहिरो खसेपछि अहिले दुईवटा ‘जेसिभी’ प्रयोग गरी सडक पन्छाउने काम भइरहेको छ ।
केहीबेरमै बाटो सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । सडक अबरुद्ध भएपछि गन्तव्यतर्फ गइरहेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
Facebook Comments Box

