बाइस लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक पक्राउ

नेपालगञ्ज, २९ साउन

बाँकेको नेपालगञ्जमा प्रहरीले ठूलो मात्रामा नगद र लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष सूचनाका आधारमा मंगलबार राति नेपालगञ्ज–१४ निवासी २८ वर्षीय रमेश लोनियाको घरमा खानतलासी गर्दा नेपाली र भारतीय गरी रु २२ लाख ३ हजार ९१५ नगद तथा १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको हो।

प्रहरीले लोनियाको घरबाट सुनचाँदीका विभिन्न गरगहना, पाँच थान खुकुरी, दुई मोटरसाइकल र १० मोबाइल फोन पनि फेला पारेको जनाएको छ। घटनापछि जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी लोनियालाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ। सो क्रममा घटनामा अवरोध गर्न खोज्ने चार जनालाई पनि नियन्त्रणमा लिइएको छ। तीमध्ये दुईजनामाथि प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोग लगाइएको छ।

Facebook Comments Box