अखिल क्रान्तिकारीले त्रिविको रजिस्ट्रार र रेक्टर कार्यालमा तोडफोड गर्यो
काठमाडौँ, २६ साउन
त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर कार्यालयमा आज तोडफोड भएको छ। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले तोडफोड गरेको विश्वविद्यालयका कार्यवाहक अध्यक्ष शिवराज भट्टले पुष्टि गर्नुभयो।
भट्टका अनुसार उपकुलपतिको कार्यालयमा धर्ना बसेका विद्यार्थीहरू बाहिर नारा लगाउँदै रजिष्ट्रारको कार्यालयतर्फ गएर सिसा फुटाएका थिए।
त्यसपछि रेक्टरको कार्यालयमा प्रवेश गर्ने क्रममा उनीहरूको प्रहरीसँग झडप भएको हो। झडपमा परी दुई जना घाइते भएका छन्।घाइतेहरूलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ।
Facebook Comments Box

