विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान विधेयकबाट हटाउन निजी विद्यालय सञ्चालकको माग
काठमाडौँ, २५ साउन
निजी विद्यालय सञ्चालक संघहरूले विद्यालय शिक्षा विधेयकमा समावेश ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ भन्ने वाक्यांश हटाउन माग गरेका छन्।
प्याब्सन, एनप्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गरी सो प्रावधान २०५८ सालमा सरकारले कम्पनी ऐनअन्तर्गत सञ्चालन गर्न दिएको कानुनी व्यवस्थाविरुद्ध भएको दाबी गरे।
प्याब्सनका महासचिव आरबी कटुवालका अनुसार विधेयकमा पूर्ण छात्रवृत्ति, शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक, पोसाक, यातायातलगायतका सेवा उपलब्ध गराउनुपर्ने प्रावधान पनि कम्पनी ऐनको मर्म विपरीत छ। संयुक्त संघहरूले माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
Facebook Comments Box

