एनपीएल मिनी अक्सनमा ८ टोलीद्वारा ३७ खेलाडी अनुबन्ध

काठमाडौँ, २५ साउन

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शनिबार सम्पन्न मिनी अक्सनमा ८ टोलीले ३७ खेलाडी अनुबन्ध गरेका छन्। अक्सनका लागि नाम परेको १६४ मध्ये २६ खेलाडी पहिलो चरणमै छानिए भने बाँकी ११ ‘विस लिस्ट’बाट चयन भए।

‘ए’ श्रेणीका देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई जनही रु १५ लाखमा किनियो। यी चारै खेलाडीको टिम चयन ‘लक्की ड्र’बाट भयो। अन्य उच्च मूल्यमा अनुबन्धित खेलाडीमा दिलीप नाथ, शेर मल्ल, हेमन्त धामी, सूर्य तामाङ, सन्तोष यादव र युवराज खत्री (जनही रु १० लाख) छन्।

सबैभन्दा बढी खर्च चितवन राइनोजले (रु ३९ लाख) गरेको छ भने सबैभन्दा कम पोखरा एभेन्जर्सले (रु ११ लाख) गरेको छ। अब प्रत्येक टोलीले कम्तीमा ४ विदेशी खेलाडी भित्र्याउनेछ।

आठ टोलीको नेपाली खेलाडी सूची

  • जनकपुर बोल्ट्स: आसिफ शेख (मार्की), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापा मगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव, विकास आग्री।

  • सुदूरपश्चिम रोयल्स: दिपेन्द्रसिंह ऐरी (मार्की), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा, मिलन बोहरा।

  • कर्णाली याक्स: सोमपाल कामी (मार्की), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिश विक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे, युवराज खत्री।

  • चितवन राइनोज: कुशल मल्ल (मार्की), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य, रन्जित कुमार।

  • काठमाडौँ गोर्खाज: करण केसी (मार्की), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल आलम।

  • विराटनगर किङ्स: सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु, शङ्कर राना।

  • पोखरा एभेन्जर्स: कुशल भुर्तेल (मार्की), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री।

  • लुम्बिनी लायन्स: रोहित पौडेल (मार्की), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलीप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता, आदिल खान।

Facebook Comments Box