७० औ कुष्ठरोग दिवसका अवसरमा फाउण्ड परियोजनाद्वारा वार्षिक सिकाई आदन प्रदान कार्यक्रम आयोजना

काठमाडौँ, १५ माघ – कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंङ्गोलले काठमाडौं महानगरपालिकाले यस क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षाभत्ता उपल्ध गराउनुका साथै अन्य कार्यक्रम सञ्चालनका लागि अनुदान सहयोग उपलब्ध गराउदै आएको बताउनु भयो ।

त्यसै गरी अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको सीप तथा योग्यताका आधारमा रोजगार प्रदान गर्नु पर्ने भन्दै यस विषयमा आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बताउनु भयो । ७० औ कुष्ठरोग दिवसका अवसरमा हिजो शुक्रबार काठमाडौंमा द लेप्रोसी मिसन नेपाल अन्तर्गत फाउण्ड परियोजनाले आयोजना आयोजना गरेको वार्षिक सिकाई आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा फाउण्ड परियोजनाका क्लस्टर मेनेजर शिवकुमार प्रधानले परियोजनाका गतिविधिहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्दै रोजगारदाताहरुको खोजी गरी सीप तथा योग्यता अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा सहभागी गराइएको बताउनु भयो । त्यसै गरी घरेलु तथा साना उधोग महासंघका अध्यक्ष डि.बी. बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीका लागि रोजगार प्रदान गर्न नीजि संघ संस्थाहरु तथा निकायहरुलाई कर छुटको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।

हिजो शुक्रबार द लेप्रोसी मिसन नेपालले फाउण्ड परियोजना अन्तर्गत ” रोजगार विहिन अपाङ्गता भएका व्यक्तिहरुक लागि उर्जाशिल अवसर ” भन्ने नारा सहित काठमाडौंमा आयोजना गरिएको वार्षिक सिकाई आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा यस फाउण्ड परियोजनाका निर्देशक चिरञ्जीवी शर्माले यस परियोजना मार्फत विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई सीप प्रदान गरिनुका साथै कार्यगत तालिम र रोजगारीका लागि रोजगारदाताहरुसँग समन्वय गरी रोजगारी प्रदान गरिएको बताउनु भयो ।

यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निवर्तमान अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको लागि सबैले वकालत तथा पैरवी गर्नुका साथै काम गर्ने निकाय अपाङ्गता मैत्री बनाइनु पर्ने कुरामा जोड दिनु भयो ।त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी उपाध्यक्ष मिना पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारमा सहभागी गराइ सके पछि उनीहरुलाई ती क्षेत्रमा काम गर्न सहज वातावरण भए नभएको, श्रम ऐनले तोके अनुसारको पारिश्रमिक प्रदान गरे नगरेकफ पनि अवलोकन गर्नु बताउनु भयो ।

कार्यक्रममा द लोप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता पहिचान गरी सबै निकायहरुले रोजगारको अवसर प्रदान गर्नु पर्ने कुरामा जोड दिनु दिदै उनीहरुको जीवन यापनमा सहजता होस भनेर फाउण्ड परियोजना मार्फत रोजगारका कार्यक्रमहरु सञ्चालन गरी रोजगारदातारुसँग पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिदै आएको बताउनु भयो ।

शर्मिला विश्वकर्मा

Facebook Comments Box