मुस्ताङमा खोलाले बगाउँदा एक युवा बेपत्ता
मुस्ताङ, २४ साउन
मुस्ताङको घरपझोङ–५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा कार्यरत एक युवा धुम्बा खोलाले बगाउँदा बेपत्ता भएका छन्। बागलुङ जिल्ला निसी खोला गाउँपालिका–६ का २३ वर्षीय हिमाल विक शुक्रबारदेखि हराइरहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। श्रीमतीसहित पाँच जनाको समूह च्याउ टिप्न कोभाङ फेदी जङ्गल जाँदै गर्दा धुम्बा खोला तर्ने क्रममा पानीको बहाव अचानक बढ्दा विक बगेका हुन्।
स्थानीय डिल्लीजङ्ग गुरुङमार्फत खबर पाएलगत्तै प्रहरी प्रमुख छिरिङ किप्पा लामाको नेतृत्वमा आठ जनाको टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको नेतृत्वमा सात जनाको टोली खोजतलासमा खटिएको प्रहरीले जनाएको छ। घटना स्थल मुस्ताङको प्रहरी कार्यालयबाट करिब सात किमी पश्चिम पर्छ।
Facebook Comments Box

