कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
📍 काठमाडौँ, १९ साउन
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
बोर्डका अनुसार ३८.८३ प्रतिशत विद्यार्थी ‘ननग्रेड’ अर्थात् न्यूनतम ग्रेड प्राप्त गर्न नसक्दा अनुत्तीर्ण भएका छन्। यस वर्षको परीक्षा गत ११ वैशाखमा सुरु हुने तालिका थियो। तर शिक्षक आन्दोलनका कारण परीक्षा २१ वैशाखदेखि सुरु भएको थियो।
यसपटकको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए। परीक्षा सम्पन्न भएको करिब तीन महिनापछि नतिजा सार्वजनिक गरिएको हो।
नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ।
Facebook Comments Box

