कक्षा १२ को नतिजा सार्वजनिक

📍 काठमाडौँ,  २० साउन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ। बोर्डको बैठक बसेपछि नतिजा आधिकारिक रूपमा सार्वजनिक गरिएको हो।

यसअघि आइतबार बोर्डले नतिजा सार्वजनिक गर्नुअघि डेमो (पूर्वावलोकन) प्रदर्शन गरेको थियो। बोर्डको वार्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा प्रकाशित हुनुपर्ने समयसीमा भए पनि ढिलाइ भएको हो।

गत २० चैतदेखि सुरु भएको २९ दिन लामो शिक्षक आन्दोलनका कारण परीक्षा तालिका प्रभावित बनेको थियो। सुरुमा ११ वैशाखका लागि तोकिएको परीक्षा २१ वैशाखदेखि मात्र सुरु हुन सकेको थियो।

यसपटकको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए। तीन महिनापछि नतिजा सार्वजनिक गरिएको हो।परीक्षा बोर्ड स्रोतका अनुसार नतिजा सार्वजनिकपछि पुनः मूल्याङ्कन, ग्रेड सुधार तथा पूरक परीक्षाका प्रक्रिया पनि छिट्टै सुरु गरिनेछ।

Facebook Comments Box