आज तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १७ साउन : देशभर मनसुनी वायु सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सामान्य भन्दा अलिकति उत्तरतर्फ रहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

त्यस्तै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ । राति पनि देशभर बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका केही स्थानमा पनि वर्षा हुनसक्ने महाशाखाले जनायो ।

कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका ती स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण र सम्बन्धित निकायलाई सतर्क रहन र पछिल्लो मौसम सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।

Facebook Comments Box