चीनले नयाँ विदेशमन्त्रीमा छिन क्याङलाई नियुक्त
काठमाडौं, १५ पुस – चीनले नयाँ विदेशमन्त्रीमा छिन क्याङलाई नियुक्त गरेको छ । चीनको राष्ट्रिय रेडियोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रि समचार संस्था रोयटर्सले चीनको नयाँ विदेशमन्त्रीमा क्याङ नियुक्त भएको जनाएको हो ।
विदेशमन्त्री नियुक्त भएका चीन अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा कार्यरत थिए । यसअघि विदेशमन्त्री वाङ यी थिए । चीनले नयाँ विदेशमन्त्रीमा छिन क्याङलाई नियुक्त गरेको छ ।
चीनको सरकारी सञ्चार संस्था चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार नयाँ विदेशमन्त्रीमा क्याङ नियुक्त भएको जनाएको हो । विदेशमन्त्री नियुक्त भएका क्याङ अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा कार्यरत थिए । यसअघि विदेशमन्त्री वाङ यी थिए ।
नयाँ विदेशमन्त्री क्याङ चीनको तियान्जानमा जन्मिएका हुन् । उनले अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकसम्मको अध्ययन गरेका उनले सन् १९८८ बाट कूटनीतिक मिसनका लागि बेइजिङ सर्भिस ब्यूरो स्टाफ मेम्बरका रूपमा काम सुरू गरेका थिए ।
त्यसपछि १९९२ मा चीनको विदेशमन्त्रालयमा सरुवा भएका उनी त्यहाँको वेर्स्टन–यूरोपियन विभागमा रहेका काम गरेका थिए । त्यसपछ सन् २०१० देखि १ वर्ष बेलायतमा रहेको चिनियाँ दूतावासमा रहेर मिनिस्टरका रूपमा समेत सेवा गरेका थिए ।
यसका साथै सोही समयमा उनले विदेश मन्त्रालयको प्रवक्ता तथा सूचना विभागमा सहायक महानिर्देक भएका थिए । उनले २०१४ सम्म यस विभागमा रहेर काम गरेका थिए । सन् २०१७ मा विदेशमन्त्रालयमा सहायक मन्त्री बनेका थिए । त्यसको एक वर्षमा उनी उप विदेशमन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।
सन् २०२१ म अमेरिकाका लागि चिनियाँ राजदूत बनेका क्याङ गत अक्टोबरमा सम्पन्न पार्टीको २०औं महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रिय समिति सदस्यमा निर्वाचित भएका थिए ।

