लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ
काठमाडौँ, १५ साउन – काठमाडौँमा लागूऔषधको अवैध कारोबारमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडबाट ६०० ट्याब्लेट नाइट्राभेटसहित पाँच जना र काठमाडौँ महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा:
-
कालिकोटका २५ वर्षीय सरोज शाही
-
सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा
-
काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर
-
कास्कीका ३४ वर्षीय आशिष विक
-
कास्कीकै ३० वर्षीय मनवीर गुरुङ
-
झापाका ३३ वर्षीय शङ्कर राजवंशी छन्।
राजवंशीको साथबाट १०९.२२ ग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु, ९ थान मोबाइल र रु ८२ हजार ६३५ नगद बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो। प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको छ र थप अनुसन्धान जारी रहेको जनाएको छ।

