पछिल्लो २४ घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ४ पुस – पछिल्लो २४ घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१२ आरटी पीसीआर तथा ६९९ एन्टीजेन परिक्षण सहित १ हजार ४११ जनाको परिक्षण गर्दा थप ७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार १५३ रहेको छ भने सक्रिय संक्रमितको संख्या १६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९१३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १९ पुगेको छ ।
Facebook Comments Box

