भक्तपुरमा दुई दिदीबहिनी मृत फेला, एउटै डोरीमा झुण्डिएको अवस्थामा शव भेटियो
भक्तपुर, ८ साउन – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित एक घरभित्र दुई दिदीबहिनी मृत फेला परेका छन्। प्रहरीले १७ वर्षीया मेनुका र उनकी १५ वर्षीया बहिनी श्रृजना कँडेलको शव एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटिएको जनाएको छ।
कँडेल दिदीबहिनीहरू चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्दै आएका थिए। बिहान पौने सात बजे उनीहरू कोठाको प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। घटनाको कारण र विवरण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ भने थप अनुसन्धान जारी रहेको छ।
Facebook Comments Box

