राष्ट्रिय सभामा सत्तापक्षको बहुमत गुम्यो
काठमाडौँ, ३२ असार – जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि राष्ट्रिय सभामा नेपाली कांग्रेस–नेकपा एमालेसहितको सत्तारुढ गठबन्धन अल्पमतमा परेको छ। तीन सदस्य रहेको जसपाले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ५९ सदस्यीय राष्ट्रिय सभामा सत्तापक्षको संख्या ३० भन्दा कममा झरेको हो।
राष्ट्रिय सभामा बहुमतको लागि कम्तीमा ३० सदस्यको समर्थन आवश्यक पर्छ। तर, जसपाले समर्थन फिर्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पुगेको पुष्टि भएको हो।
सदस्य संख्या विवरण
-
प्रतिपक्ष:
-
माओवादी केन्द्र (अध्यक्षसहित) — १८
-
नेकपा एकीकृत समाजवादी — ९ (८ + वामदेव गौतम)
-
राष्ट्रिय जनमोर्चा — १
-
जसपा नेपाल — ३
जम्मा प्रतिपक्ष: ३१ सदस्य
-
-
सत्तापक्ष:
-
नेपाली कांग्रेस — १६
-
नेकपा एमाले — १०
-
लोकतान्त्रिक समाजवादी पार्टी — १
-
मनोनीत सदस्य — १
जम्मा सत्तापक्ष: २८ सदस्य
-
राष्ट्रिय सभामा बहुमत गुमेपछि सरकारका लागि विधेयक पारित गराउन कठिन हुने देखिएको छ। प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेका तथा राष्ट्रिय सभामै उत्पत्ति भएका महत्त्वपूर्ण विधेयकहरू अवरुद्ध हुनसक्ने अनुमान गरिएको छ।
यद्यपि, संविधानअनुसार सरकारले अध्यादेशमार्फत केही काम अघि बढाउन सक्ने प्रावधान रहेकोले तत्कालीन असर केही हदसम्म न्युनिकरण गर्न सक्ने देखिन्छ।

