वीरगञ्जमा ट्याङ्करमार्फत खानेपानी वितरण गरिने

पर्सा, ३२ असार – वीरगञ्ज महानगरपालिका लगायत आसपासका क्षेत्रमा देखिएको खानेपानीको चर्को अभाव न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले ट्याङ्कर र दमकलमार्फत पानी वितरण गर्ने निर्णय गरेको छ।

खानेपानी वितरणका लागि नेपाली सेनाको श्रीजङ्ग गण परिचालन गरिने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। खानेपानी संस्थान र वडा कार्यालयसँग समन्वय गरी वितरण गरिनेछ।

खानेपानी संस्थानका अनुसार दैनिक ८० लाख लिटरभन्दा बढी पानी उत्पादन भइरहे पनि बजेट अभावका कारण वितरणमा समस्या आएको हो। पछिल्लो १५ दिनमा ९०० बढी नयाँ धारा जडानको लागि निवेदन परेका छन्।

वडा नं २६ र २८ का वडाध्यक्षहरूले आफ्नो क्षेत्रमा एकातिर पनि डिप बोरिङ नभएको भन्दै ट्याङ्करबाट आपूर्ति गर्न माग गरेका छन्। यसैबीच, नेपाल टेलिकमले पानी अभाव भएका जनताका लागि टोल फ्री नम्बरको व्यवस्था गर्ने जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणले अवैध डिपबोरिङ बन्द गरी स्वामित्वसहित मिटर जडान गरेर मात्रै पानी वितरण गर्न आग्रह गरेको छ।

Facebook Comments Box