जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौँ, ३२ असार – जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सरकारको नीतिगत असफलतालाई कारण देखाउँदै समर्थन फिर्ता लिएको घोषणा गरेको हो। बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ,

“जनताका तमाम अपेक्षाको सम्बोधन हुन नसकेको हुँदा वर्तमान सरकारलाई पार्टीले दिएको समर्थनको अब कुनै औचित्य छैन। त्यसैले पार्टीले समर्थन फिर्ता लिने निर्णय गर्दै अब विपक्षमा बस्नेछ।”

सरकारको असफलता औंल्याउँदै समर्थन फिर्ता

  • सुशासनको प्रत्याभूति दिन नसकेको,

  • अर्थतन्त्र सुधार र विकासको गति अगाडि बढाउन नसकेको,

  • र संघीयता कार्यान्वयनमा प्रभावकारिता देखाउन नसकेको
    भन्दै समर्थन फिर्ता लिएको जनाएको छ।

यस निर्णयसँगै जसपा नेपाल अब औपचारिक रूपमा प्रतिपक्षमा बस्ने भएको छ।

Facebook Comments Box