समयमै काम नसक्ने ठेकेदारलाई दैनिक दुई लाख रुपैयाँ हर्जना
काठमाडौँ, ३२ असार – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान स्तरोन्नतिको काम समयमा सम्पन्न नगरेपछि निर्माण कम्पनीहरूलाई दैनिक हर्जना तिराउने प्रक्रिया सुरु गरिएको छ।
मैदानमा प्यारापिट निर्माण तथा फ्लडलाइट जडानको जिम्मा पाएका दुई ठेकेदार कम्पनीलाई तोकिएको समयभित्र काम नसकिएको भन्दै क्षतिपूर्ति (हर्जना) लगाइएको हो।
सहरी विकास मन्त्रालयका अनुसार, सम्झौताअनुसार काम सम्पन्न नगरेको पाइएमा आयोजनाको कूल लागतको ०.०५ प्रतिशत दैनिक हर्जना तिर्नुपर्ने व्यवस्था छ। सोही आधारमा कम्पनीले दैनिक रु दुई लाखभन्दा बढी रकम तिर्नुपर्ने भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले जानकारी दिनुभयो।
कम्पनी र लागत विवरण:
-
प्यारापिट निर्माण: बिकेओआई केसिडिसी बिजी जेभी
-
सम्झौता रकम: रु ४९ करोड २५ लाख
-
-
फ्लडलाइट जडान: विशन ईश्वरी जेभी
-
सम्झौता रकम: रु ४७ करोड ३७ लाख
-
-
सम्झौता मिति: फागुन १९ र २२
दुवै परियोजनाका लागि मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरिएको हो।
हर्जना र कानुनी प्रावधान:
संघीय सचिवालय निर्माण कार्यालयका प्रमुख चक्रवर्ती कंठका अनुसार, असार ३० गते कम्पनीलाई लिखितरूपमा हर्जना लाग्ने सूचना दिइएको थियो। त्यसपछि ठेकेदारले दैनिक हर्जना तिर्दै काम अगाडि बढाइरहेका छन्।
कंठले भन्नुभयो, “हर्जना तिरेर अधिकतम २०० दिन अर्थात् आयोजनाको १० प्रतिशत बराबर क्षतिपूर्ति तिरेसम्म काम गर्न कानुनी छुट छ। तर त्यस अवधिमा पनि काम नसकेमा कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था रहेको छ।”
हालसम्मको प्रगति:
-
प्यारापिट:
-
वित्तीय प्रगति: ६३%
-
भौतिक प्रगति: ७७%
-
४ हजार कुर्सी जडान भइसकेको
-
-
फ्लडलाइट:
-
वित्तीय प्रगति: २९%
-
भौतिक प्रगति: ४५%
-
६ मध्ये ३ पोल आइसकेका
-
निर्माण कम्पनीले अबको एक महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

