पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध

बागलुङ, २५ असार – लगातारको वर्षाका कारण कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मङ्गलबार साँझदेखि परेको भारी वर्षाले बागलुङ नगरपालिका–१०, दब्ल्याङ क्षेत्रमा ठूलो पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार सडकमा ठूलो मात्रामा माटो र ढुंगामाटो थुप्रिएको छ।

पानी नरोकेसम्म पहिरो हटाउने काम सुरु गर्न नसकिने जनाइएको छ। केही स्थानमा सडकसमेत भासिएकोले यातायात पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएको छ। सुरक्षाकर्मी र स्थानीय तहको समन्वयमा पानी रोकिएपछि सडक खुलाउने प्रयास गरिने जनाइएको छ।

Facebook Comments Box