स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, २४ असार – काठमाडौँको बौद्धबाट स्रोत नखुलेको करिब डेढ करोड रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ–६, बौद्ध नयाँ बस्तीमा डेरा गरी बसिरहेका ४० वर्षीय चिनियाँ नागरिक वाङ जियानलाई रु १ करोड ४४ लाखसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले स्रोत नखुलेको नेपाली रकमको कारोबार भइरहेको सूचना पाएपछि जियानको कोठामा खानतलासी गर्दा उक्त रकम फेला परेको जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई आज सार्वजनिक गरिएको छ। प्रहरीले हाल रकमको स्रोत र सम्भावित गैरकानुनी गतिविधिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Facebook Comments Box