पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु,
काठमाडौँ, १० असार – नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जनामा संक्रमण पुष्टि भएको छ भने हालसम्म देशभर १८७ सक्रिय संक्रमित छन्।
कोरोना संक्रमण देशका २५ जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय फैलिएको संक्रमण ओमिक्रोन भेरियन्टका ५ वटा नयाँ सब-भेरियन्टको रुपमा पुष्टि भएको छ।
बागमती प्रदेश सबैभन्दा बढी प्रभावित रहेको छ, जहाँ १४७ जना संक्रमित छन्। त्यसपछि सुदूरपश्चिममा २१, कोसीमा ७, मधेसमा ५ र लुम्बिनीमा ३ जना संक्रमित भेटिएका छन्।
कर्णाली बाहेक सबै प्रदेशमा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ। सरकारले सावधानी अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box

